×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

स्वास्थ्य

डा. मिश्राको रिटमा सर्वोच्च अदालतले माग्यो स्वास्थ्य सचिव नियुक्ति प्रक्रियाको फाइल

डा. मिश्राको रिटमा सर्वोच्च अदालतले माग्यो स्वास्थ्य सचिव नियुक्ति प्रक्रियाको फाइल

काठमाडौं । स्वास्थ्य सचिव नियुक्तिका विषयमा परेको रिटमा सर्वोच्च अदालतले नियुक्ति प्रक्रिया सम्बन्धी निर्णयको फाइल झिकाउने आदेश दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी अतिरिक्त सचिव डा.संगीता कौशल मिश्राले दायर गरेको रिटमा आज पनि सुनुवाई भएको थियो ।

न्यायाधीश तिल प्रसाद श्रेष्ठ र महेश शर्मा पौडेलको संयुक्त इजलासमा भएको सुनुवाईपछि सचिव नियुक्तिको निर्णय फाइल झिकाउन सर्वोच्चले विपक्षी (प्रधानमन्त्री तथा मन्त्रिपरिषद्) कार्यालयलाई आदेश दिएको हो ।

वरिष्ठताको क्रममा अगाडि भएपनि आफूलाई स्वास्थ्य सचिव नियुक्त नगरिएको भन्दै डा. मिश्राले चैत १ गते सर्वोच्च अदालतमा रिट दायर गरेकी थिइन् । उनको रिटमाथि चैत ३ गते पहिलो सुनुवाई भएको थियो । न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासमा भएको सुनुवाई पनि सरकारका नाममा कारण देखाऊ आदेश जारी गरिएको थियो ।

साथै छलफलका लागि दुवैपक्षलाई बोलाइएको थियो । २१ फागुनमा बसेको मन्त्रिपरिषद बैठकले अतिरिक्त सचिव डा‍. विकास देवकोटालाई सचिवमा बढुवा गरेको थियो ।

देवकोटा सचिव भएपनि मिश्राले आफूभन्दा जुनियरमा रहेर काम नगर्ने बताएकी थिइन्।

१२ फागुनमा पूर्वसचिव डा‍.रोशन पोखरेलको ५ वर्षे कार्यकाल सकिएसँगै लोकसेवा आयोगले नयाँ सचिवका लागि मन्त्रालयका तीन अतिरिक्त सचिवहरु डा.मिश्रा, डा. विकास देवकोटा र डा.टंक बाराकोटीको नाम मन्त्रिपरिषदमा सिफारिस गरेको थियो ।

मन्त्रिपरिषद्ले डा. विकास देवकोटालाई नियुक्ती गरेसँगै डा. मिश्रले बरिष्ठताको आधारमा आफू हुनुपर्ने भन्दै असन्तुष्टि जनाएकी थिइन् । 

प्रतिकृया दिनुहोस्