×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

अर्थ/वाणिज्य

दसैँको अग्रिम टिकट बुकिङ असोज पहिलो सातादेखि

दसैँको अग्रिम टिकट बुकिङ असोज पहिलो सातादेखि

काठमाडौँ । सार्वजनिक सवारीमा दसैँको अग्रिम टिकट बुकिङ असोज पहिलो सातादेखि खुलाइने भएको छ । यातायात व्यवसायी राष्ट्रिय महासंघका सल्लाहकार सुरेश हमालले असोजको पहिलो सातादेखि अग्रिम टिकट बुकिङ खुलाइने जानकारी दिए ।

‘सामान्यतया १५ दिन अगाडि खुल्ने प्रचलन हो,’ हमालले भने, ‘कहिलेदेखि खुलाउने भन्ने विषयमा एक चरणको छलफल भइसकेको छ । असोजको पहिलो हप्तादेखि खुलाउने गरी तयारी भएको छ।’

यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालले पनि घटस्थापनाको एक हप्ता अगाडिदेखि टिकट बुकिङ खुलाउनेबारे छलफल भइरहेको बताए ।

‘अहिले सडक त्यति राम्रो छैन,’ रिजालले भने, ‘सडक मर्मतका लागि हामीले मातहतका निकायलाई घच्कच्याइरहेका छौँ । अहिले कतिपय ठाउँमा सडक मर्मत गर्ने कार्य भइरहेको छ ।’

यसैबिच कतिपय यातायात व्यवसायीले अहिले नै अनलाइनबाट टिकट  बुकिङ खुला गरिसकेका छन् । तर यसरी बुकिङ खोल्दा फेक नामबाट टिकट काट्ने प्रवृत्ति बढेर ब्ल्याकमा बेच्ने समस्या पनि आउन सक्ने रिजालले यसबारे आवश्यक समन्वय गरिरहेको जानकारी दिए ।  

प्रतिकृया दिनुहोस्