×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

हेटौंडा–काठमाडौं जोड्ने कान्तिलोकपथ सडक १२ घण्टापछि सञ्चालनमा

हेटौंडा–काठमाडौं जोड्ने कान्तिलोकपथ सडक १२ घण्टापछि सञ्चालनमा

हेटौंडा । हेटौंडा–काठमाडौं जोड्ने कान्तिलोकपथ सडक खण्ड अवरुद्ध भएको १२ घण्टापछि सञ्चालनमा आएको छ । शुक्रबार साँझ बगुवा खोलामा आएको बाढीका कारण सडक अवरुद्ध बनेको थियो ।

ललितपुरको बागमती गाउँपालिका-२ र मकवानपुरको भीमफेदी गाउँपालिका–८ बगुवास्थित बागमती पुल जोड्ने डाइभर्सन बाढीले बगाएको हो । अवरुद्ध कान्तिलोकपथ सडक पूर्ण सञ्चालनमा ल्याइएको मकवानपुरका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।

पहिलो चरणमा साना सवारी साधनका लागि एकातर्फी सडक खोलिएकोमा पछि सडकलाई पूर्ण सञ्चालनमा ल्याइएको अर्यालले बताए ।

वर्षा भइरहेकाले शुक्रबार राति नै सडक सञ्चालनमा ल्याउन नसक्ने बताउँदै मकवानपुर प्रहरीले वैकल्पिक बाटो प्रयोग गर्न अनुरोध गरेको थियो । सडक अवरुद्ध भएपछि रात्रिकालिन यात्रामा गन्तव्यका लागि हिँडेका यात्रु बीच बाटोमै अलपत्र बनेका थिए ।

बागमती पुलको मकवानपुरतर्फको भाग गत असोजमा आएको भिषण बाढीले बगाएपछि डाइभर्सनबाट सडक सञ्चालन हुँदै आइरहेको थियो । बगुवा खोलाले डाइभर्सन बगाउँदा यसअघि गत ५ जेठमा पनि सडक अवरुद्ध भएको थियो ।

प्रतिकृया दिनुहोस्