×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

डा.मिश्रालाई सचिव बढुवा नगरिएको भन्दै परेको रिटमा कारण देखाऊ आदेश जारी

डा.मिश्रालाई सचिव बढुवा नगरिएको भन्दै परेको रिटमा कारण देखाऊ आदेश जारी

काठमाडौँ । सर्वोच्च अदालतले सचिवकी प्रतिस्पर्धी अतिरिक्त सचिव डा.संगीता कौशल मिश्रालाई सचिव बढुवा नगर्ने सरकारको निर्णयविरुद्ध परेको रिटमा कारण देखाऊ आदेश जारी गरेको छ । न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासमा भएको सुनुवाइपछि सरकारका नाममा कारण देखाऊ आदेश जारी गरिएको हो ।

फागुन ११ गते स्वास्थ्य सचिव डा.रोशन पोखरेल अनिवार्य अवकाशमा गएपछि फागुन २१ गते बुधवार बसेको मन्त्रिपरिषद् बैठकले स्वास्थ्य सेवाका अतिरिक्त सचिव डा.विकास देवकोटालाई स्वास्थ्य सचिवमा बढुवा गरेको थियो । तर, स्वास्थ्य सचिवकी प्रतिस्पर्धी अतिरिक्त सचिव डा. संगीता कौशल मिश्राले मन्त्रिपरिषद् बैठकको सचिव बढुवा गर्ने निर्णयमाथि प्रश्न उठाउँदै चैत १ गते सर्वोच्चमा रिट दायर गरेकी थिइन् ।

अरू प्रतिस्पर्धीभन्दा सिनियर भएर पनि आफू मधेसी महिला भएकै कारण सचिव बढुवामा नपरेको आरोप उनले लगाएकी छन् ।

प्रतिकृया दिनुहोस्