सुनको मूल्य घट्यो
मङ्सिर ५, २०८२काठमाडौँ । शुक्रबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा छापावाल सुनको मूल्य तोलामा १३०० रुपैयाँ घटेर २ लाख ४१ हजार ७०० रुपैयाँ कायम भएको हो । यसअघि सुन बिहीबार तोलामा २ लाख ४३ हजार रुपैयाँ रहेको थियो । यस्तै चाँदीको मूल्य समेत घटेको छ । बिहीबार तोलामा ३ हजार १८५ रुपैयाँ कायम भएको चाँदी शुक्रबार घटेर ३१०० रुपैयाँ कायम भएको हो ।
सबै पढ्नुहोस