प्रलोपाको प्रवक्तामा सन्तोष परियार
मङ्सिर १९, २०८२काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टीले प्रवक्ताको जिम्मेवारी अध्यक्ष परिषद्का अध्यक्ष सन्तोष परियारलाई दिएको छ । सहप्रवक्ताको जिम्मेवारी अध्यक्ष परिषद्कै अध्यक्ष ओजस्वी भट्टराईलाई दिएको छ । शुक्रबार पार्टी कार्यालय सुविधानगरमा बसेको बैठकले जिम्मेवारी तोकेको हो । प्रलोपामा पाँच जनाको अध्यक्ष परिषद् छ । प्रलोपा बाबुराम भट्टराई, जनार्दन शर्मा, सन्तोष परियार लगायतको समूह मिलेर बनेको पार्टी हो ।
सबै पढ्नुहोस