पश्चिम तराईमा अटवारी पर्व मनाइँदै
भदौ २३, २०८१काठमाडौं । पश्चिम तराईमा बसोबास गर्ने डगौरा चौधरी समुदायमा आज ‘अटवारी’ पर्व उल्लासपूर्वक मनाइँदै छ । आपसी सद्भाव, एकता र सम्बन्ध सुदृढ पार्ने ठानिएको अटवारी दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरका डगौरा चौधरीले मनाउने गरेका छन् । वर्षा ऋतुमा खेतीको काममा निकै व्यस्त रहने यो समुदायका व्यक्ति अटवारी पर्वपछि भने कामको बोझ हटेर पाइने फुर्सदको समयको उपयोग गर्दै टोलटोलमा मौलिक सांस्कृतिक कार्यक्रमका साथ रमाइलो गर्ने गर्दछन् ।
सबै पढ्नुहोस