साझ ५ बजेसम्म २६५५ उम्मेदवारी दर्ता
माघ ६, २०८२काठमाडौं । प्रतिनिधि सभा सदस्यको लागि प्रत्यक्षतर्फ साँझ ५ बजेसम्म २ हजार ६५५ उम्मेदवारी दर्ता भएको छ । यसमा महिलाको संख्या केवल ३०३ मात्रै छ । पुरुष उम्मेदवारको संख्या भने २ हजार ३५२ रहेको छ । निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुुसार साँझ ५ गनेसम्म मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यलय प्रवेश गरेकाले उम्मेदवारी दर्ता गर्न पाउनेछन् । कतिपय जिल्लामा रातिसम्म उम्मेदवारी दर्ता हुने आयोगले जनाएको छ ।
सबै पढ्नुहोस