अम्बिरबाबु गुरुङले एमाले त्यागे, नेकपाबाट उम्मेदवार
माघ ६, २०८२ओखलढुंगा । नेकपा एमाले परित्याग गर्दै अम्बिरबाबु गुरुङ नेपाली कम्युनिष्ट पार्टीबाट उम्मेदवार बन्ने भएका छन् । एमालेले ओखलढुंगाबाट अस्मिता थापालाई उम्मेदवार बनाएपछि गुरुङ असन्तुष्ट थिए । लिखु गाउँपालिकाका उपाध्यक्ष रहेकी थापाले आकांक्षासमेत नराखे पनि टिकट दिइएको भन्दै असन्तुष्ट गुरुङलाई नेकपाले टिकट दिएको हो । यसअघि नेकपाले रामकुमार कार्कीलाई टिकट दिएको थियो ।
सबै पढ्नुहोस