नेता सापकोटाको निधनपछि एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक स्थगित
फाल्गुण ८, २०८१काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटीको आज बिहीबारका लागि तय भएको बैठक स्थगित भएको छ । पार्टी पोलिटब्युरो सदस्य तथा बागमती प्रदेश सह इन्चार्ज विदुर सापकोटाको निधन भएकाले बैठक शुक्रबार बस्नेगरी स्थगित गरिएको उपमहासचिव रामकुरमार भट्टराईले जानकारी दिए । सापकोटाको आज बिहान ५९ वर्षको उमेरमा उपचारका क्रममा निधन भएको हो । सो पार्टीको केन्द्रीय कमिटी बैठकले आन्दोलनका कार्यक्रम घोषणा गर्ने तयारी गरेको छ ।
सबै पढ्नुहोस