×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

विनियोजन विधेयकबारे प्रतिनिधिसभाबाट प्राप्त सन्देश राष्ट्रिय सभामा टेबुल

विनियोजन विधेयकबारे प्रतिनिधिसभाबाट प्राप्त सन्देश राष्ट्रिय सभामा टेबुल

काठमाडौं । ‘विनियोजन विधेयक, २०८३’ का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश राष्ट्रियसभा बैठकमा टेबुल गरिएको छ ।

शुक्रबार बसेको राष्ट्रियसभा बैठकमा राष्ट्रियसभाका सचिव तुल बहादुर कंडेलले विनियोजन विधेयक २०८३ का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश टेबुल गरे ।

त्यस्तै बैठकले प्रतिनिधिसभा पूर्वसदस्य एवं पूर्वमन्त्री राजेन्द्र खरेलको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ । राष्ट्रियसभाको अर्को बैठक असार १५ गते बोलाइएको छ ।


 

प्रतिकृया दिनुहोस्