तीन पूर्वप्रधानमन्त्रीको उपस्थितिमा भ्रष्टाचारका कुन-कुन फाइल खोल्ने छलफल गरौं : गगन थापा
पुस १८, २०८१काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले तीन पूर्वप्रधानमन्त्रीको उपस्थितिमा भ्रष्टाचारका कुन-कुन फाइल खोल्ने भनेर छलफल गर्न आवश्यक रहेको बताएका छन् । बिहीबार संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा महामन्त्री थापाले यस्तो आग्रह गरेका हुन । उनले समितिको बैठकमा भनेका छन्, ‘एक जना पूर्वप्रधानमन्त्री यही हुनुहुन्छ । अर्को पूर्वप्रधानमन्त्री अर्को समितिमा आइराख्नुभएको छ । अर्को एक जनालाई पनि बोलाएर यहीँ छलफल गरौं
सबै पढ्नुहोस