रविविरुद्धका मिसिल र प्रमाणहरू अदालतमा पेस, मुद्दा दायर हुँदै
पुस ७, २०८१काठमाडौँ । सहकारी ठगी प्रकरणमा रास्वपाका सभापति रवि लामिछानेविरुद्ध आइतबार कास्की जिल्ला अदालतमा अभियोगपत्र दायर हुन लागेको छ । सोहीअनुसार सरकारी वकिल कार्यालयका अधिकारीहरूले कास्की जिल्ला अदालतमा मिसिल र प्रमाणहरू पेस गरेका छन् । मिसिल र प्रमाणहरू रुजु गरिएपछि मुद्दा दर्ता हुने अदालत स्रोतको भनाइ छ । मिसिल रुजु गर्न समय लाग्ने भएकोले साँझसम्म दर्ता हुने अदालत स्रोतको भनाइ छ ।
सबै पढ्नुहोस