संघीय संसदको वर्षे अधिवेशन अन्त्यको सिफारिस
भदौ ३०, २०८१काठमाडौं । सरकारले संघीय संसदको वर्षे अधिवेशन अन्त्यको सिफारिस गरेको छ । आइतबार बसेको मन्त्रिपरिषदको बैठकले भोलि सोमबार राति १२ बाट वर्षे अधिवेशन अन्त्य गर्ने गरी राष्ट्रपति समक्ष सिफारिस गरेको हो । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले संसदको अधिवेशन बोलाउने र अन्त्य गर्ने संवैधानिक व्यवस्था छ । संघीय संसदको चालू अधिवेशन गत वैशाख २८ गते सुरु भएको थियो ।
सबै पढ्नुहोस