×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन कैरन नेपाल अर्थ समाचार

समाचार

हिमेश पन्तलाई पनि साइबर ब्युरो बोलाइयो

हिमेश पन्तलाई पनि साइबर ब्युरो बोलाइयो

काठमाडौं । नेपाल प्रहरीको साइबर ब्युरोले रास्वपा केन्द्रीय सदस्य हिमेश पन्तलाई बोलाएको छ । जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठविरुद्ध ब्युरोमा ठाडो उजुरी दिएकाले पन्तलाई पनि बोलाइएको हो ।

प्रहरीको एक टोलीले पत्रकार श्रेष्ठलाई नख्खुस्थित निवासबाट साइबर ब्युरो लगेको छ । पन्त पनि साइबर ब्युरोतर्फ प्रस्थान गरिसकेको स्रोतले बतायो ।

समाचारको विषयलाई लिएर श्रेष्ठविरुद्ध पन्तले हिजो साइबर व्युरोमा निवेदन दिएकाले दुवै पक्षलाई सँगै राखेर छलफल गराइने ब्युरो स्रोतले जनाएको छ । श्रेष्ठले पनि पन्तविरुद्ध निवेदन दिएका थिए ।

श्रेष्ठलाई यसअघि साउन २७ गते काठमाडौं प्रहरी परिसरले नियन्त्रणमा लिएको थियो । उनको निवास र घरमा खानतलासी गरेर प्रहरीले ल्यापटप, कम्प्युटर लगायतका विद्युतीय सामग्रीहरु नियन्त्रणमा समेत लिएको थियो ।

तर बन्दीप्रत्यक्षीकरणको रिट परेपछि सर्वोच्च अदालतले श्रेष्ठलाई थुनामुक्त गरी हाजिरी जमानी वा तारिखमा राखेर अनुसन्धान गर्न परमादेश जारेको थियो । त्यसपछि उनी भदौ १ गते हिरासत मुक्त भएका थिए ।

प्रतिकृया दिनुहोस्