काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मुल्य सामान्य घटेको छ भने चाँदीको मुल्य बढेको छ । आज छापावाला सुन तोलामा एक सय रुपैयाँ घटेर प्रतितोला एक लाख ९८ हजार ४ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदी तोलामा २५ रुपैयाँ बढेर प्रतितोला दुई हजार तिन सय ५ रुपैयाँमा कारोबार भैरहेको छ ।