×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

विश्वकप फाइनल हेर्ने क्रममा भक्तपुरमा झडप, १ जनाको मृत्यु

विश्वकप फाइनल हेर्ने क्रममा भक्तपुरमा झडप, १ जनाको मृत्यु

काठमाडौं । फिफा विश्वकपको फाइनल हेर्ने क्रममा भक्तपुरमा झडप हुँदा एक युवाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दिया घर भएका २६ वर्षीय राज कार्की रहेको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी दीपक कार्कीले बताए ।

उनका अनुसार यो घटनामा संलग्न भएको आरोपमा १८ जनालाई पक्राउ गरेर म्याद थप गरिएको छ । पक्राउ परेकाहरूमाथि अनुसन्धान अघि बढाइएको छ । स्क्रिनिङ गरेर जो संलग्न छ उनीहरूमाथि मात्रै मुद्दा चलाउने प्रहरीको तयारी छ ।

भक्तपुरको घ्याम्पेडाँडास्थित होटलमा विश्वकपको फाइनल हेर्ने क्रममा विवाद हुँदा कुटाकुट भएको प्रहरीले बताएको छ । कुटपिटबाट गम्भीर घाइते भएका उनको उपचारको क्रममा सोमबार मध्यपुर अस्पतालमा मृत्यु भएको हो ।

प्रतिकृया दिनुहोस्