×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

मनोरञ्जन

‘सिन्दुरे जात्रा’ को छायांकन पुनः सुरु

‘सिन्दुरे जात्रा’ को छायांकन पुनः सुरु

काठमाडौं । चलचित्र ‘सिन्दुरे जात्रा’ को छायांकन पुनः सुरु भएको छ । चलचित्रका मुख्य कालकार विजय बराल घाइते भएसँगै रोकिएको छायांकन पुनः सुरु भएको हो ।

छायांकनका क्रममा घोडाबाट खसेका विजयको दाहिने हातको नाडीको जोर्नीमा चोट लागेको थियो । उक्त चोट निको भएसँगै बाँकी छायांकन धमाधम भइरहेको छ ।

जेठ १ गतेदेखि पर्वतको कुस्मा नगरपालिकास्थित आर्थर डाँडाखर्कबाट चलचित्रको छायांकन सुरु भएको थियो । १५ दिन छायांकन भएपछि विजय घाइते भएपछि छायांकन रोकिएको थियो । दुई साताअघि देखि सोही स्थानबाट छायांकन सरु भएको निर्देशक सरोज पौडेलले जानकारी दिए ।

‘सिन्दुरे जात्रा’मार्फत निर्देशक सरोज पौडेल र कलाकारद्वय विजय बराल तथा अञ्जना बराइलीले दोस्रो पटक सहकार्य गरिरहेका छन् । यसअघि यो टिमले नेपाली चलचित्र इतिहासकै सर्वाधिक सफल मानिएको ‘पूर्णबहादुरको सारङ्गी’मा सँगै काम गरेको थियो । ‘सिन्दुरे जात्रा’ आगामी मंसिर ४ गते रिलिज हुनेछ ।

प्रतिकृया दिनुहोस्