×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

मनोरञ्जन

कलाकार सागर लम्साल 'बले' पक्राउ

कलाकार सागर लम्साल 'बले' पक्राउ

काठमाडौँ । कलाकार सागर लम्साल 'बले' पक्राउ परेका छन् । काठमाडौँको बूढानीलकण्ठबाट उनलाई पक्राउ गरिएको प्रहरी स्रोतले पुष्टि गरेको छ । 

उनीमाथि अमेरिकामा रहँदै आएकी एक युवतीले बलात्कार आरोप लगाएकी थिइन् । एक वर्ष अघि अमेरिकामै लम्सालले बलात्कार गरेको ती युवतीले सामाजिक सञ्जालमार्फत आरोप लगाएकी थिइन् ।  सामाजिक सञ्जालमा युवतीको पोष्टपछि उनलाई पक्राउ गरेर अनुसन्धान गर्न प्रहरीलाई दबाब परेको थियो ।

प्रतिकृया दिनुहोस्