काठमाडौं । बाजुरामा जिप दुर्घटना हुँदा ९ जना घाइते भएका छन् । हिमाली गाउँपालिका –०५, क्युडी स्थित कुवाडी–क्युडी भित्री कच्ची सडक–खण्डमा जिप दुर्घटना भएको प्रहरीले जनाएको छ ।
केन्द्रीय समाचार कक्षका अनुसार, दुर्घटनामा परेर चालकसहित ९ जना घाइते भएका हुन् ।
सोमबार दिउँसो करिब १:२५ बजे सु.प्र.प्र. ०१–००१ ज १८७८ नम्बरको जिप सडकको माथिल्लो मोडबाट करिब १० मिटर तल खस्दा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा जिप चालक हिमाली गाउँपालिका–२, नातीखोला निवासी २५ वर्षीय जनवीर बुढासहित ९ जना घाइते भएका छन् । घाइतेमध्ये ४ जनाको अवस्था मध्यम र ५ जनाको अवस्था सामान्य रहेको छ । सबै घाइतेलाई उपचारका लागि अस्पताल पठाउने पहल भइरहेको छ ।
यी हुन घाइतेहरू–
१. चालक बाजुरा हिमाली गाउँपालिका वडा नं. २ नातीखोला बस्ने वर्ष अं. २५ को जनविर बुढा ।
२. हिमाली गाउँपालिका वडा नं. २ नातीखोला बस्ने वर्ष ४० को धर्मलाल बुढा ।
३. हिमाली गाउँपालिका वडा नं. २ नातीखोला बस्ने वर्ष ३१ की मिजरा बुढा ।
४. हुम्ला ताजाकोट गा.पा. ५ बस्ने वर्ष अं. ४० को अम्मर सिंह बुढा ।
५. हुम्ला ताजाकोट गा.पा. ५ बस्ने वर्ष २० की अस्मिता थापा ।
६. हुम्ला ताजाकोट गा.पा. ५ बस्ने वर्ष २८ को जंग सिंह बुढा ।
७. हुम्ला ताजाकोट गा.पा. ५ बस्ने वर्ष २० को गोरख रोकाया ।
८. हुम्ला ताजाकोट गा.पा. ५ बस्ने वर्ष २७ को लोकेन्द्र बुढा ।
९. हुम्ला ताजाकोट गा.पा. ५ बस्ने वर्ष अन्दाजी ९ की सुस्मा बुढा ।