×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

विनोद श्रेष्ठको छोराको कार्यालयमा पनि प्रहरीको छापा

विनोद श्रेष्ठको छोराको कार्यालयमा पनि प्रहरीको छापा

काठमाडौँ । प्रहरीले गोंगबुमा ४ करोड २५ लाख नगद र साढे ९ केजी सुनसहित पक्राउ परेका विनोद श्रेष्ठको छोराको कार्यालयमा पनि छापा मारेको छ । मंगलबार राति साढे ९ बजेतिर काठमाडौँ– १६ नयाँ बजारमा रहेको राजकुमार श्रेष्ठको कार्यालयमा प्रहरीले छापा मारेको हो ।

राजकुमारले भाडामा लिएको फ्ल्याटमा छापा मारेर ९० हजार नगद र केही सुनका गहना बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले बताए । राजकुमारको कार्यालयबाट प्रहरीले ५ थान छड्के तिलहरी, नौगेडी, दुई थान बेरुवा औँठी र १ थान लकेट बरामद गरेको छ । उनी फरार छन् । 

प्रतिकृया दिनुहोस्