×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन कैरन नेपाल अर्थ समाचार

राजनीति

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ

काठमाडौं । पूर्व मुख्यसचिव एकनारायण अर्याल पक्राउ परेका छन् । गृहमन्त्रालय स्रोतले अर्याल पक्राउ परेको जनाएको हो । मलेसियामा कामदार पठाउँदा अवैध रुपमा रकम संकलन गरी त्यो रकम मलेसिया पठाएको आरोपमा अर्याल पक्राउ परेका हुन् ।

गृह मन्त्रालय स्रोतले भन्यो, ‘एकनारायण अर्याल पक्राउ परेको सत्य हो । यसबारे थप विवरण पछि सार्वजनिक होला ।’ उनी कहाँबाट पक्राउ परेका हुन् भन्ने खुलिसकेको छैन ।

यसअघि तत्कालीन दुई मन्त्री रामेश्वर राय यादव र शेरबहादुर कुँवर, तत्कालीन श्रम सचिव विनोद केसी सहित १० जना पक्राउ परेका छन् । उनीहरुविरुद्ध ठगी र संगठित अपराधको कसुरमा सीआईबीले अनुसन्धान गरिरहेको छ ।

प्रतिकृया दिनुहोस्