×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

आज चारवटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

आज चारवटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौँ । संघीय संसद्अन्तर्गत आज चारवटा संसदीय समितिको बैठक बस्दै छ ।  बिहान ११ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विद्यालय शिक्षा विधेयक उपसमितिको प्रतिवेदन माथि छलफल हुनेछ । 

बिहान ९ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा भन्सार विधेयक, २०८० माथि दफावार छलफल गर्ने कार्यसूची छ । 

त्यस्तै बिहान साढे ११ बजेका लागि बोलाइएको सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा आर्थिक वर्ष २०८२–०८३ को बजेट वक्तव्यमा उल्लेखित कालिगण्डकी तिनाउ नदी पथान्तरण आयोजनाको अवस्था सम्बन्धमा छलफल हुनेछ ।

बिहान ११ बजे बस्ने संसदीय सुनुवाइ समिति (संयुक्त) २०८० समितिको बैठकमा उजुरीकर्तासँग छलफल गर्ने कार्यसूची छ । 

प्रतिकृया दिनुहोस्