×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

पेरिसडाँडा नजिक सरकारी गाडीमा आगजनी

पेरिसडाँडा नजिक सरकारी गाडीमा आगजनी

काठमाडौं । काठमाडौंको पेरिसडाँडा नजिक सरकारी गाडीमा आगजनी भएको छ । राजावादी समर्थक प्रदर्शनकारीहरूले सरकारी गाडीमा आगजनी गरेका हुन् । आगलागी भएको सरकारी गाडीको नम्बर खुल्न सकेको छैन ।

प्रदर्शनकारीहरू तीनकुनेबाट कोटेश्वरतर्फ अगाडि बढेपछि गल्लीमा लुकेर बसेको प्रहरीले उनीहरूमाथि अश्रुग्यास प्रहार गरेको थियो । त्यसपछि आक्रोशित भीडले गाडी तोडफोड गर्नुका साथै आगजनी गरेको  थियो

प्रदर्शनकारीले तीनकुनेबाट सुरक्षाकर्मीको बोकेको बन्दुक समेत खोसेका छन् । राजावादी प्रदर्शन उग्र बनेपछि प्रहरीले भीडलाई नियन्त्रणमा लिन अश्रुग्यास प्रहार गरेको थियो ।

प्रतिकृया दिनुहोस्