×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

शेयर बजार

२२.२१ अंकले बढ्यो सेयर बजार

२२.२१ अंकले बढ्यो सेयर बजार

काठमाडौं । अघिल्लो दिन २६ अंक घटेको सेयर बजार मंगलबार २२.२१ अंक बढेको छ । सो वृद्धिपछि नेप्से परिसूचक २७७७ अंकमा कायम भएको छ । सुरुवाती समयमा बजारमा केही उतारचढाव देखिए पनि १२ स् २५ बजेपछि भने उकालो गति लियो ।

१८४ कम्पनीको मूल्य बढ्दा ७७ को घट्यो भने १० को स्थिर रह्यो । कारोबार रकम केही घटेको छ । अघिल्लो दिन ५ अर्ब ६१ करोडको कारोबार भएकोमा आज ५ अर्ब २६ करोडको भयो ।

फाइनान्स समूहको सूचकमा आज उच्च वृद्धि देखिएको छ । सो समूहको सूचक ६.०३ प्रतिशत बढ्यो । केही फाइनान्स कम्पनीको मूल्यमा उच्च वृद्धि हुँदा समूह नै प्रभावित बन्यो ।

उत्पादन तथा प्रशोधनबाहेक सबै समूहका सूचक बढेका हुन् । उत्पादन भने ०.४२ प्रतिशत घट्यो । अन्य समूह ३.८४ प्रतिशत बढ्यो । नेपाल पुनर्बीमा र हिमालयन रिजस्ता ठूला कम्पनीको मूल्य बढ्दा यो समूहमा पनि प्रभाव देखिएको हो ।

बैंकिङ ०.४१, विकास बैंक ०.५९, होटल तथा पर्यटन ०.१२, हाइड्रोपावर ०.६१, लगानी ०.२०, जीवन बीमा ०.२७, माइक्रोफाइनान्स ०.४०, निर्जीवन बीमा १.०२ तथा व्यापार १.१३ प्रतिशत बढे ।

कालिन्चोक हाइड्रोपावरको मूल्य १४.९८ प्रतिशत बढ्यो । त्यस्तै सेन्ट्रल फाइनान्सको १३.६७, क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्सको १०.५७, नेपाल पुनर्बीमाको ९.४४, गोर्खाज फाइनान्सको ९.२६, रिलायन्स फाइनान्सको ८.५६, गुडविल फाइनान्सको ८.४४ तथा मल्टिपर्पस फाइनान्सको ८.१८ प्रतिशत मूल्य बढ्यो ।

बुंगल हाइड्रोपावरको ४.४९, झापा इनर्जीको ४.१९ तथा आत्मनिर्भर लघुवित्तको ३.०१ प्रतिशत मूल्य घट्यो । आज धेरै कारोबार भएका कम्पनीमा आँखुखोला जलविद्युत्, नेपाल पुनर्बीमा, रिडी पावर, सेन्ट्रल फाइनान्स र हिमालयन रिइन्स्योरेन्स छन् ।

प्रतिकृया दिनुहोस्