काठमाडौं । आज तीजको दिन सुनचाँदीको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ हजार २ सय रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला ३ लाख २ हजार २ सय रुपैयाँ रहेको सुनको मूल्य आज ३ लाख १ हजार रुपैयाँ कायम भएको छ ।
त्यस्तै चाँदीको मूल्य आज तोलामा ४० रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला ४ हजार ६६० रुपैयाँ रहेको चाँदीको मूल्य आज ४ हजार ६२० रुपैयाँ कायम भएको छ ।