×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

यो गठबन्धन अलोकतान्त्रिक र अप्राकृतिक : प्रचण्ड

यो गठबन्धन अलोकतान्त्रिक र अप्राकृतिक : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेको सरकार अब नचल्ने दाबी गरेका छन् । शुक्रबार सिंहदरबारमा विपक्षी दलहरूसँगको छलफलपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिने क्रममा पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले यस्तो बताएका हुन् ।

उनले नेपाली कांग्रेस र नेकपा एमाले मिलेर बनेको सरकार अप्राकृतिक भएकोले अब नचल्ने बताएका हुन् । ‘यो गठबन्धन अलोकतान्त्रिक र अप्राकृतिक छ भनेर मैले गम्भीर रुपमा पार्लियामेन्टमा पनि बाहिर पनि भनेको सुन्नुभएको छ । अप्राकृतिक ढंगले अब यो चल्दैन,’ प्रचण्डले भने ।

प्रचण्डले हिजो र आज विपक्षी दलका नेताहरूसँग छलफल गरेका थिए । समाजवादी मोर्चामा सहभागी दलहरूसँग मोर्चालाई सक्रिय बनाउनेबारे छलफल भएको प्रचण्डको भनाइ छ । ‘मोर्चालाई सक्रिय पार्नेबारेमा नै हिजो र आज पनि छलफल भएको छ,’ प्रचण्डले भने ।

प्रतिकृया दिनुहोस्