×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

माओवादीको केन्द्रीय समिति बैठक सर्‍यो

माओवादीको केन्द्रीय समिति बैठक सर्‍यो

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक पुस २१ गते बस्ने भएको छ ।

शुक्रबार बसेको पार्टीको स्थायी समिति बैठकले पुस २१ गते केन्द्रीय समिति बैठक बस्ने निर्णय गरेको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए । ‘केन्द्रीय समितिको बैठक पुसको २१ गते बस्ने निर्णय भएको छ,’ सापकोटाले भने ।

यसअघि २६ कात्तिकमा बसेको पदाधिकारी बैठकले पुस २ गतेका लागि केन्द्रीय समिति बैठक बोलाएको थियो । उक्त बैठकको तयारीका लागि पुस १८, १९ र २० गते लगातार तीन दिन स्थायी समिति बैठक बस्ने निर्णय भएको पनि सापकोटाले बताए ।

‘त्यसको तयारीका लागि स्थायी समितिको बैठक १८ , १९ र २० गते बस्ने निर्णय भएको छ,’ उनले भने । खबरदारी सभा र पालिका सम्मेलन एकैसाथ गर्ने भनिएपनि त्यो हुन नसकेपछि तयारीसहित अब २१ गते बस्न लागेको उनले बताए ।

‘हामीले पहिले खबरदारी सभा र पालिका सम्मेलन एकैसाथ गर्ने भनेका थियौं । त्यो विविध कारणले हुन सकेको छैन । अब राम्रो तयारीका साथ केन्द्रीय समितिको बैठक बस्दैछ,’ सापकोटाले भने।

प्रतिकृया दिनुहोस्