काठमाडौँ । बिहीबार नेपाली बजारमा सुनचाँदीको मुल्य बढेको छ । आज छापावाला सुन तोलामा एक सय रुपैयाँ बढेर प्रतितोला एक लाख ६० हजार ९ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदी तोलामा १५ रुपैयाँ बढेर प्रतितोला एक हजार ९ सय ५० रुपैयाँमा कारोबार भैरहेको छ ।