×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाज

उपत्यकाका दुई फरक ठाउँमा दुई पुरुष मृत भेटिए

उपत्यकाका दुई फरक ठाउँमा दुई पुरुष मृत भेटिए

काठमाडौं । काठमाडौं उपत्यकाका दुई फरक ठाउँमा दुई पुरुष मृत भेटिएका छन् । काठमाडौंको टोखा नगरपालिका–३ पन्चेटारमा ६२ वर्षीय शोबिलाल श्रेष्ठ मृत भेटिएका हुन् ।

उनी पन्चेटारकै कुलोमा बिहीबार मृत भेटिएको प्रहरीले जनाएको छ । त्यसैगरी ललितपुरको गोदावरी नगरपालिका–९ चुन्निखेल छम्पीमा पनि एक पुरुष मृत भेटिएका छन् ।

छम्पी बस्ने ५७ वर्षीय मधु सुदन नेपाली सोही ठाउँको बुग्मती कुलोको गोरेटो बाटोमा मृत भेटिएका हुन् । दुबै घटनामा प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

प्रतिकृया दिनुहोस्