मधेसको मन्त्रिपरिषद्ले पूर्णता पाउँदै, ६ मन्त्री थपिए मधेसको मन्त्रिपरिषद्ले पूर्णता पाउँदै, ६ मन्त्री थपिए
×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

मधेश प्रदेश

मधेसको मन्त्रिपरिषद्ले पूर्णता पाउँदै, ६ मन्त्री थपिए

मधेसको मन्त्रिपरिषद्ले पूर्णता पाउँदै, ६ मन्त्री थपिए

जनकपुर । मधेस सरकारको मन्त्रिपरिषद्ले पूर्णता पाउने भएको छ ।  सरकार गठन भएको लगभग एक महिनामा मन्त्रिपरिषद्ले पूर्णता पाउने भएको हो । 

मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका अनुसार आज ६ जना मन्त्री थपिएको हो । उनीहरूलाई आजै शपथ खुवाउने तयारी छ । 

मनिष कुमार सुमनलाई श्रम तथा यातायात मन्त्रालय, राज कुमार गुप्तालाई भौतिक पूर्वाधार विकास मन्त्रालय, शङ्कर प्रसाद चौधरीलाई वन तथा वातावरण मन्त्रालय, श्याम प्रसाद पटेललाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, वसन्त कुमार कुशवाहालाई खेलकुद तथा समाज कल्याण मन्त्रालय र फकिरा महतोलाई गृह, सञ्चार तथा कानुन मन्त्रालयको जिम्मेबारे दिइने भएको छ । 

प्रतिकृया दिनुहोस्