मन्त्रीहरू फेर्नेबारे कुनै छलफल र तयारी छैन : रवि लामिछाने मन्त्रीहरू फेर्नेबारे कुनै छलफल र तयारी छैन : रवि लामिछाने
×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

मन्त्रीहरू फेर्नेबारे कुनै छलफल र तयारी छैन : रवि लामिछाने

मन्त्रीहरू फेर्नेबारे कुनै छलफल र तयारी छैन : रवि लामिछाने

काठमाडौं । रास्वपा सभापति रवि लामिछानेले मन्त्रीहरू फेर्नेबारे कुनै छलफल र तयारी नभएको प्रष्ट पारेका छन् । बुधबार सिंहदरबारमा सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।

कुनै मन्त्रीहरूले सय वटा काम गरेको भए त्यसमा केही काममा प्रश्न उठ्ने विषय स्वभाविक रहेको उनले बताए ।

मन्त्री फेर्न लागेको हो ? भन्ने प्रश्नको जवाफ दिँदै लामिछानेले भने, ‘विल्कुल छैन । कुनै पनि मन्त्रालय, मन्त्रीहरूले सय वटा काम गर्नुभएको छ भने एक दुई पाँच काममा प्रश्न आउनु स्वभाविक हो । त्यसलाई पार्टीले अस्वभाविक लिँदैन ।’

रास्वपाभित्र आफ्नै दल भए पनि प्रश्न सोध्दै आएको उनको भनाइ छ ।

‘रास्वपाभित्र आफ्नै दल भएता पनि हामी प्रश्न सोध्दै आएका छौं । यसैलाई सम्बोधन गर्न हामीले छलफल राखेका हौं । कुनै मन्त्री फेर्ने तयारी पनि छैन । कुनै छलफल पनि छैन,’ लामिछानेले भनेका छन् ।

प्रतिकृया दिनुहोस्