×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

सहरी विकासले गरे कान्छारामको आरोपको खण्डन,रामेछापमा कति परेको छ बजेट ? (विवरण)

सहरी विकासले गरे कान्छारामको आरोपको खण्डन,रामेछापमा कति परेको छ बजेट ? (विवरण)

काठमाडौं । प्रतिनिधि सभा बैठकमा आर्थिक वर्ष २०८२र८३ को बजेटमा मन्त्रालयगत छलफल भइरहेको छ ।

छलफलको क्रममा नेपाली कांग्रेसका सांसद पूर्णबहादुर (कान्छाराम) तामाङ, नेकपा एमालेका सांसद सूर्य थापा, स्वतन्त्र सांसद अमरेस कुमार सिंह लगायतको अभिव्यक्तिले आइतबारको संसद बैठक तरंगित बन्यो । उनीहरुले कतै सीमित नेताको जिल्लामा मात्र बजेट खन्याएको तर आफ्नो जिल्लालाई बेवास्ता गरेको आरोप लगाए ।

कांग्रेसकै सांसद कान्छाराम तामाङले त आफ्नै पार्टीका नेता एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंह र एमाले उपाध्यक्ष एवम् अर्थमन्त्री विष्णु पौडेलको नामै लिएर आक्रोश पोखे । उनको आक्रोश रामेछापमा बजेट नपारिदिएको भन्नेमा केन्द्रित थियो ।

तर, सहरी विकास मन्त्रालयले भने कान्छारामको आरोपको खण्डन गरेको छ । मन्त्रालयले एलएमबीआईएसमा इन्ट्री गरेको विवरण हेर्दा ८४ करोड ४७ लाख रुपैयाँ बजेट बराबरका ६६ योजना रामेछापमा देखिन्छ ।

विवरणमा ३ करोड वा त्यसभन्दा माथि बजेट भएका कार्यक्रम संख्या ११ र ३ करोड बजेट भएका कार्यक्रम संख्या ८ छन् । त्यस्तै ३ करोड बजेट भन्दा कम बजेट भएका कार्यक्रम संख्या ५५ वटा छन् ।

हेर्नुहोस् विवरण

प्रतिकृया दिनुहोस्