सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले पाए विश्वासको मत सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले पाए विश्वासको मत
×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले पाए विश्वासको मत

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले पाए विश्वासको मत

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले विश्वासको मत प्राप्त गरेका छन् । बुधबार बसेको प्रदेश सभा बैठकमा भट्टले विश्वासको मत प्राप्त गरेका हुन् ।

बैठकमा सहभागी ४६ जना प्रदेश सभा सदस्य भट्टको पक्षमा ३१ र विपक्षमा १५ मत खसेको हो ।

सभामुख भीमबहादुर भण्डारीले भट्टले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा बहुमत सांसदले मतदान गरेको बताउँदै भट्टले विश्वासको मत पाएको घोषणा गरेका हुन् ।

नेकपाका २० र उपसभामुखसहित एमालेका ११ प्रदेश सभा सदस्य भट्टलाई विश्वासको मत दिएका हुन् । एमालेको समर्थनमा उनी गत शुक्रबार मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

प्रतिकृया दिनुहोस्