×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

०८४ लाई क्रान्तिको नयाँ चरणको रुपमा लिएका छौं : प्रचण्ड

०८४ लाई क्रान्तिको नयाँ चरणको रुपमा लिएका छौं : प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले ०८४ लाई क्रान्तिको एउटा नयाँ चरणको रुपमा लिएको बताएका छन् । शनिबार पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा नेकपा (माओवादी केन्द्र) पर्सा—काठमाडौं सम्पर्क समन्वय समितिको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

०८४ बाट देशलाई क्रान्तिको एउटा नयाँ चरणको रुपमा प्रवेश गराउने दाबी गर्दै उनले महिला, उत्पीडित, आदिवासी, जनजाति सबैको निम्ति क्रान्तिको झण्डा उठाउँदा त्यसको तयारीमा सबैभन्दा ठूलो भूमिका संगीतले खेलेको बताए ।

‘आउने ०८४ लाई हामीले नेपाली क्रान्तिको एउटा नयाँ चरणमा प्रवेश गराउनेछौँ । यही विश्वास छ । मलाई विश्वास छ, कमरेडको रुपमा तपाईंहरु सबै पनि आफ्नो भुमिका पूरा गर्नुहुनेछ,’ प्रचण्डले भने ।

उनले जनयुद्धताका भाषण, दर्शन, सिद्धान्तको व्याख्याले भन्दा गीत, संगीत र नृत्यहरुले बढी भुमिका खेलेको पनि बताए ।

प्रतिकृया दिनुहोस्