×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

विश्व

क्षेत्रीय स्थिरताको अवसर भन्दै इरान-अमेरिका सम्झौताको युरोपमा स्वागत

क्षेत्रीय स्थिरताको अवसर भन्दै इरान-अमेरिका सम्झौताको युरोपमा स्वागत

काठमाडौं । इरान र अमेरिकाबीच हुन गइरहेको शान्ति सम्झौताबारे  ब्रिटेन, फ्रान्स, जर्मनी र इटलीका नेताहरूले संयुक्त वक्तव्य जारी गरेका छन् ।
उनीहरूले अमेरिका, इरान र क्षेत्रीय साझेदारहरूका साथ मिलेर ‘अवसरको पूरा लाभ उठाउन’ का लागि काम गर्ने बताएका छन् ।

ई–४ समूहको नामले चिनिने देशहरूले भनेका छन्, ‘हामी यो कूटनीतिक सफलताका लागि अमेरिका, इरानी सरकार र यसमा सहभागी सबै पक्षलाई बधाई दिन्छौं । जसमा पाकिस्तान, कतार र अन्य सबै मध्यस्थकर्ता सामेल छन् ।’

अमेरिका र इरानबीच हुन गइरहेको शान्ति सम्झौता क्षेत्रीय स्थिरता बहाल गर्न र वैश्विक अर्थव्यवस्थालाई स्थिर गर्ने अवसर भएको उनीहरूको भनाइ छ । ब्रिटेन, फ्रान्स, जर्मनी र इटलीका नेताहरूले सम्झौतालाई तीव्रताका साथ पूर्णतया लागू गर्न अपिल पनि गरेका छन् ।

‘स्ट्रेट अफ होर्मुज तत्काल खोल्न र बिना कुनै शर्त र प्रतिबन्ध जहाज तथा जलयातायातको स्वतन्त्र आवागमन सुनिश्चित गरिनु आवश्यक छ,’ उनीहरूले भनेका छन् । नेताहरूले लेबनानको ‘स्थिरता, संप्रभुता र क्षेत्रीय अखंडता’ का प्रति आफ्नो समर्थन पनि दोहोर्‍याएका छन् ।

प्रतिकृया दिनुहोस्