काठमाडौं । सोमबार सेयर बजार ९.०४ अंक घटेको छ । यो अंकको कमीसँगै नेप्से परिसूचक २६४१ अंकमा झरेको छ । अघिल्लो कारोबार दिन नेप्से ४.०५ अंक घटेको थियो । आजसहित लगातार तीन दिन बजार घटेको छ ।
आज पनि बजार दिनभरजसो रातो रह्यो । कारोबार रकम सामान्य घटेको छ । अघिल्लो दिन ३ अर्ब ७७ करोडको कारोबार भएकोमा आज ३ अर्ब ६६ करोडको भयो । ८२ कम्पनीको मूल्य बढ्दा १७९ को घट्यो भने १५ को स्थिर रह्यो । सबै समूहगत सूचकको उतारचढाव १ प्रतिशतभन्दा कम रह्यो ।
बैंकिङ ०.७२, विकास बैंक ०.१२, फाइनान्स ०.४१, होटल तथा पर्यटन ०.७०, लगानी ०.६०, जीवन बीमा ०.६२, अन्य ०.४४ तथा व्यापार ०.८६ प्रतिशत घटे । जलविद्युत् ०.०६, उत्पादन तथा प्रशोधन ०.०४, माइक्रोफाइनान्स ०.१९, निर्जीवन बीमा ०.०४ प्रतिशत बढे ।
समूहगत कारोबार हेर्दा हाइड्रोपावर समूहको सबैभन्दा धेरै १ अर्ब ८५ करोडको कारोबार भयो । त्यस्तै वाणिज्य बैंकहरुको ३३ करोड, उत्पादन तथा प्रशोधन ३७ करोड, विकास बैंकहरुको ३० करोड रुपैयाँ बराबरको कारोबार भयो ।
कर्पोरेट डेभलपमेन्ट बैंकको मूल्य आज ८.४७ प्रतिशत बढ्यो त्यस्तै दरामखोला हाइड्रोपावरको ६.००, फर्स्ट माइक्रोफाइनान्सको ४.६१, अपरहेवाखोलाको ४.४७ तथा एसवाई प्यानलको ४.२१ प्रतिशत मूल्य बढ्यो ।
आत्मनिर्भर लघुवित्तको ८.८७, सप्तकोशी विकास बैंकको ७.४९ प्रतिशत मूल्य घट्यो । आज रकमका आधारमा धेरै कारोबार भएका कम्पनीमा सोलु हाइड्रोपावर, रिडी पावर, फस्र्ट माइक्रोफाइनान्स, सप्तकोशी विकास बैंक र आँखुखोला जलविद्युत् क्रमशः अगाडि रहे ।