×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

प्रतिनिधिसभामा आज पनि विपक्षीको अवरोध

प्रतिनिधिसभामा आज पनि विपक्षीको अवरोध

काठमाडौं । प्रतिनिधिसभा बैठकमा विपक्षी दलहरूले आज पनि अवरोध गरेका छन् । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै विपक्षी दलहरूले संसद् अवरोध गर्दै आइरहेका छन् ।

प्रतिनिधि सभाको बैठक यही जेठ १३ गते देखि सौहार्द बन्न सकिरहेको छैन । यसअघि दैनिक बैठक बोलाइए पनि अवरोधका कारण चल्न सकेको छैन ।

आइतबारसम्म आइपुग्दा माओवादी र रास्वपा कांग्रेसको प्रस्ताव अनुसार मध्यमार्गी प्रस्तावमा अगाडि बढ्न लचक भएपछि कांग्रेस नेताहरू एमालेसँगको छलफलमा जुटेका छन् । यद्यपि सहमति जुटिसकेको छैन ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान सकाएपछि भिजिट भिसा प्रकरणको समग्रतामा अध्ययन गर्ने गरी छानबिन समिति बनाउने विषय कांग्रेसले अगाडि सारेको हो ।

त्यस्तो समितिले २०६४ साल यता भिजिट भिसाको नाममा विदेश जानेसँग अपारदर्शी रुपमा आर्थिक लेनदेन भएरनभएको हेर्ने गरी कार्यक्षेत्र तोक्ने गरी मध्यमार्गी प्रस्ताव अगाडि बढेको हो ।

प्रतिकृया दिनुहोस्