काठमाडौं । त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि बिहीबार दिउँसो आत्मदाहको प्रयास गरेका २५ वर्षीय गणेश नेपालीको उपचारका क्रममा मृत्यु भएपछि उनका आफन्तहरू वीर अस्पताल पुगेका छन् ।
वीर अस्पताल परिसरमा गणेशका आफन्त लगायत सर्वसाधारणहरू भेला हुन थालेका हुन् । वीर अस्पताल परिसरमा मानिसहरूको भिड जम्मा हुन थालेपछि प्रहरीलाई पनि तैनाथ गरिएको छ ।
मुगुको सोरु गाउँपालिका–१ घर भई हाल भक्तपुर बस्दै आएका नेपालीको वीर अस्पतालको बर्न भेन्टिलेटरमा उपचार भइरहेको थियो । शुक्रबार बिहान ११ बजेर १९ मिनेटमा उनलाई चिकित्सकले मृत घोषणा गरेका हुन्।