×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

विश्व

खामेनीको अन्तिम संस्कार तीन दिनसम्म हुने, आज प्राथना सभा हुदै

खामेनीको अन्तिम संस्कार तीन दिनसम्म हुने, आज प्राथना सभा हुदै

काठमाडौँ । इरानका दिवंगत सर्वोच्च नेता आयोतुल्लाह अली खामेनीको अन्तिम संस्कारको तीन दिन लामो समारोह आजदेखि सुरु हुने भएको छ ।

तेहरानको ग्रान्ड मोसल्लाको प्रार्थना हलमा आज राति १० बजे उनका समर्थकहरू भेला भई यो प्राथना समारोहको शुरुवात हुने इरानी समाचार एजेन्सी तस्नीमले जनाएको छ ।

खामेनीको अन्तिम संस्कार सम्बन्धी विवरणहरू अझै छलफलमा रहेको र चाँडै घोषणा गरिने जानकारी पनि सो रिपोर्टमा दिइएको छ ।

गत शनिबार आफ्नै निवासमा देशका उच्च अधिकारीहरुको बैठक गरिरहेका बेला अमेरिका र इजरायलले गरेको आक्रमणमा परेर खामेनीसहित ४० भन्दा बढी उच्च अधिकारीको मृत्यु भएको थियो ।

प्रतिकृया दिनुहोस्