×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

विश्व

दक्षिण अमेरिकामा आएको आँधीमा परेर ३१ जनाको मृत्यु

दक्षिण अमेरिकामा आएको आँधीमा परेर ३१ जनाको मृत्यु

काठमाडौँ । दक्षिण अमेरिकामा आएको आँधीमा परेर कम्तीमा ३१ जनाको मृत्यु भएको छ। तीमध्ये १२ जनाको मिसौरीमा मृत्यु भएको बीबीसीले उल्लेख गरेको छ । यो आँधीले दक्षिणपूर्वी राज्यहरूमा ठुलो क्षति पुर्‍याएको छ। धेरै सवारी साधनहरू पल्टिएका छन् साथै धेरै घरहरूमा क्षति पुगेको छ।

क्यान्ससमा धुलोको आँधीबेहरीका कारण ५५ भन्दा बढी सवारी साधनहरू दुर्घटनामा परेका र उक्त दुर्घटनामा कम्तीमा आठ जनाको मृत्यु भएको जनाइएको छ। ट्र्याकर पावरआउटेजका अनुसार आधीका कारण शनिबार दिउँसो टेक्सास, मिसौरी र इलिनोइसलगायत छ राज्यका २.४ लाखभन्दा बढी घरमा बिजुली आपूर्ति बन्द भएको थियो।

मध्य मिसिसिपी, पूर्वी लुइसियाना र पश्चिमी टेनेसीमा गम्भीर मौसम चेतावनी जारी गरिएको छ। यी तीन राज्यहरू बाहेक, दक्षिणपूर्वमा मौसम खराब रहेकोले अलाबामा र अर्कान्सासका केही भागहरूमा पनि बाढीको चेतावनी जारी गरिएको छ।

राष्ट्रिय मौसम सेवाले यी अचानक आउने बाढी घातक साबित हुन सक्ने बताएको छ। यसअघि शनिबार बिहान मध्य मिसिसिपीमा आँधीको बारेमा उच्च सतर्कता जारी गरिएको थियो। बीबीसी

प्रतिकृया दिनुहोस्