काठमाडौं । बिहीबार नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ । आज छापावाला सुन तोलामा ५ हजार एक सय रुपैयाँ घटेर प्रतितोला दुई लाख ८६ हजार ७ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सुन प्रतितोा दुई लाख ९१ हजार रुपैयाँमा कारोबार भएको थियो । आज चाँदी तोलामा ९० रुपैयाँ घटेर प्रतितोला ४ हजार ६ सय ५० रुपैयाँमा कारोबार भैरहेको छ ।