×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

नेपाल प्रहरीका ५०९ जना इन्स्पेक्टरको एकैपटक सरुवा (सूचीसहित)

नेपाल प्रहरीका ५०९ जना इन्स्पेक्टरको एकैपटक सरुवा (सूचीसहित)

काठमाडौँ । नेपाल प्रहरीले ठूलो संख्यामा प्रहरी निरीक्षक (इन्स्पेक्टर)हरूको सरुवा तथा काज हेरफेर गरेको छ। प्रहरी प्रधान कार्यालय, मानवस्रोत विकास विभागले बुधबार एकैपटक ५०९ जना प्रहरी निरीक्षकहरूको सरुवा  गरेको हो।

जनपद प्रहरी समूहका ५०९ जना इन्स्पेक्टरहरूलाई विभिन्न कार्यालयमा सरुवा तथा काज गरिएको हो। सरुवा भएका अधिकारीहरूले आगामी २०८३ साल असार महिनादेखिको तलब र भत्ता सरुवा भएको नयाँ दरबन्दीबाट पाउने गरी व्यवस्था मिलाइएको विभागले जनाएको छ।

सरुवा सूची अनुसार विभिन्न जिल्लाका इलाका प्रहरी कार्यालय, ट्राफिक प्रहरी कार्यालय, प्रहरी प्रभाग र प्रधान कार्यालयका विभिन्न विभागहरूमा कार्यरत इन्स्पेक्टरहरूको जिम्मेवारी हेरफेर गरिएको छ। 

प्रहरी प्रधान कार्यालयले आवश्यकता र नियमित प्रक्रिया अन्तर्गत यो सरुवा गरिएको बताएको छ। 

 

 

प्रतिकृया दिनुहोस्