×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

विमानस्थलबाट हराएका ७६ वर्षीय भुसाल सातदोबाटोमा भेटिए

विमानस्थलबाट हराएका ७६ वर्षीय भुसाल सातदोबाटोमा भेटिए

काठमाडौँ । अमेरिकाबाट काठमाडौँ आएका ७६ वर्षीय दण्डपाणि भुसाल गएराति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हराएका थिए । गएराति १० बजे विमानस्थलबाट हराएका भुसाल फेला परेका छन् । उनी सातदोबाटोमा भेटिएका हुन् ।

पर्वतको पैयाँ गाउँपालिका वडा नम्बर–१ घर भएका भुसाल सातदोबाटोमा भेटिएको प्रहरी वृत्त गौशालाका डीएसपी केशव थेवेले बताए । उनले भने, ‘उहाँ सातदोबाटोमा फेला पर्नुभएको छ ।’ 

विमानस्थलमा झोला भुलेपछि खोज्न पुनः भित्र गएका उनी परिवारसँग सम्पर्कविहीन भएका हुन् । विमानस्थलमा अवतरण गरेपछि कुरिरहेका आफन्तले उनलाई नभेटेपछि प्रहरीलाई खबर गरेका थिए ।

प्रतिकृया दिनुहोस्