४.७९ अंकले बढ्यो सेयर बजार ४.७९ अंकले बढ्यो सेयर बजार
×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

शेयर बजार

४.७९ अंकले बढ्यो सेयर बजार

४.७९ अंकले बढ्यो सेयर बजार

काठमाडौं । बुधबार सेयर बजार ४.७९ अंक बढेको छ । यो वृद्धिपछि परिसूचक नेप्से २६६७ अंकमा कायम भएको छ । अघिल्लो दिन नेप्से २१.१५ अंक घटेको थियो । कारोबारका क्रममा आज दिनभर बजार सामान्य उतारचढावमा रह्यो ।

कारोबार रकम केही बढेको छ । अघिल्लो दिन ४ अर्ब ७ करोडको कारोबार भएकोमा आज ४ अर्ब ४० करोडको भयो ।

आज १२२ कम्पनीको मूल्य बढ्दा १४३ को घट्यो भने ११ को स्थिर रह्यो । आज हाइड्रोपावर समूहकै वृद्धिले बजारलाई भरथेग गर्‍यो । पूँजीकरणका आधारमा बैंकिङपछि सबैभन्दा शक्तिशाली रहेको यो समूह १.४५ प्रतिशत अर्थात् ५३ अंक बढ्यो । जसले बजारको वृद्धिलाई सघाउ पुग्यो ।

कुल कारोबारमा आधाभन्दा बढी हिस्सा यहीं समूहले ओगट्यो । हाइड्रोपावर समूहका कम्पनीहरूको मात्रै आज २ अर्ब ३१ करोड रुपैयाँ बराबरको कारोबार भयो । बजारमा ११० हाइड्रोपावर कम्पनी सूचीकृत छन् । हाइड्रोपावरका अलवा व्यापार समूह १.६० प्रतिशत बढ्यो । यो समूहमा जम्मा २ कम्पनी मात्रै छन्।

होटल तथा पर्यटन ०.२२, उत्पादन तथा प्रशोधन ०.०२ तथा अन्य समूह ०.२६ प्रतिशत बढे ।

बैंकिङ ०.४२, विकास बैंक ०.५०, फाइनान्स ०.३४, लगानी ०.०६, जीवन बीमा ०.०७, माइक्रोफाइनान्स ०.३२, निर्जीवन बीमा ०.१० प्रतिशत घटे ।

सोलु हाइड्रोपावरको मूल्य आज १५ प्रतिशत बढ्यो । त्यस्तै शिखर पावरको ५.९१, रिडी पावरको ५.७९, बुद्धभूमि नेपालको ४.६८, सिनर्जी पावरको ४.१८ प्रतिशत मूल्य बढ्यो।

सूचीकृत भएदेखि अघिल्लो दिनसम्म लगातार १५ प्रतिशत मूल्य बढिरहेको एभरेस्ट कलरको मूल्य आज सबैभन्दा धेरै ९.०३ प्रतिशत घट्यो । कर्पोरेट डेभलपमेन्ट बैंकको ३.३२, सामुदायिक लघुवित्तको ३.२३, रिलायन्स स्पिनिङ मिल्सको ३.१४ प्रतिशत मूल्य घट्यो ।

आज रकमका आधारमा धेरै कारोबार भएका कम्पनीमा सोलु हाइड्रोपावार, रिडी पावर, खानीखोला हाइड्रोपावर, एभरेस्ट कलर र सेन्ट्रल फाइनान्स छन् ।
 

प्रतिकृया दिनुहोस्