×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

प्रचण्डलाई ओलीको टेलिफोन, संसद्‍को अवरोध खुलाइदिन आग्रह

प्रचण्डलाई ओलीको टेलिफोन, संसद्‍को अवरोध खुलाइदिन आग्रह

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई टेलिफोन गरी संसद्‍को अवरोध खुलाइदिन आग्रह गरेका छन् ।

माओवादी केन्द्रसहितका प्रतिपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा मुछिएको भन्दै गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरी संसद् अवरोध गर्दै आएका बेला ओली र प्रचण्डबीच टेलिफोन संवाद भएको हो ।

मंगलबार माओवादीसहितका दलको अवरोधका कारण संसद् बैठक कार्यसूचीमा प्रवेश नै नगरी स्थगित भएको थियो । आज पनि संसद् चल्न नदिने अडानका कारण बैठक निर्धारित समयमा बस्न सकेको छैन ।

बिहीबार १५ जेठ बजेट ल्याउने दिन भएकाले प्रधानमन्त्री ओलीले प्रचण्डलाई संसद् अवरोध हटाइदिन भनेका थिए । तर प्रचण्डले बजेट ल्याउन दिने विषयमा सकारात्मक जवाफ दिएको स्रोतले बतायो ।

‘बजेट संविधान र जनतासँग जोडिएकाले बजेट ल्याउन दिन्छौं तर भिजिट भिसामा गृहमन्त्रीको सचिवालयसमेत जोडिएकाले उहाँले राजीनामा दिनुपर्छ भन्ने हाम्रो अडान कायम छ,’ प्रचण्डको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो ।

प्रचण्डले ओलीलाई यस विषयमा विहीबार बिहान बैठक बसेर औपचारिक निर्णय गर्ने जानकारी पनि गराएका थिए ।

प्रतिकृया दिनुहोस्