काठमाडौं । राजविराज नगरपालिका १४ पर्साहीकी बबिता पासवानले सडकमै बच्च जन्माउन बाध्य भएको विषयमा सरकारसँग जवाफ गरिएको छ ।
प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसदहरूले यो विषय सरकारको नीतिसँग सम्बन्धित रहेको भनेर जवाफ मागेका हुन् । नेपाली कम्युनिस्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालका अनुसार यस्तो विषयमा सरकार जिम्मेवार र जवाफदेही हुनुपर्ने बताए ।
कहिले तीन वर्षीय बालिकामाथि बलात्कार र जघन्य हत्या भएको घटनाबाट रुनु परेको त कहिले कहिले भोटेकोशीमा आएको अकल्पनीय बाढीको पीडाबाट प्रताडित हुनुपर्ने बताइन् ।
यहीबेला गजेन्द्रनारायण सिंह स्पतालमा सुत्केरी सुरक्षित मातृत्व प्रदान गर्न पुग्दा पैसा नभएर अस्पतालको गेटमा सुत्केरी गराउनुपर्ने बाध्यतामा पुगेको दर्दनाक कथा सामान्य घटनाको रुपमा नआएको उनले बताए ।
यस्ता विषय सम्बोधन गर्न के गर्नुपर्ने त्यो गर्न र जवाफदेहिता प्रकट गर्न उनले आग्रह गरे ।
रास्वपाकी सांसद तोसिमा कार्कीले सुरक्षित मातृत्वका लागि के कस्ता नीति बदल्नुपर्ने हो त्यो गर्न आवश्यक रहेको बताइन् । सरकारले आवश्यक नीति लिनुपर्ने र त्यसमा संसदले सहयोग गर्ने बताइन् ।
नेकपा एमालेकी सांसद भूमिका लिम्बु सुब्बाले अस्पतालबाट सुत्केरी निकालिनु दुःखद् घटना मात्रै नभएको बताइन् । यो सरकारको गैरजिम्मेवारीपनको उदाहरण भएको उनको भनाइ छ ।
उनले भनिन्, ‘अस्पतालको पेटीमा जन्मिएको नयाँ जीवनसँगै सरकारको संवेदनहीनता र गैरजिम्मेवारीपनको दुःखद् इतिहासको पनि जन्म भएको छ ।’
नेपाली कांग्रेसकी सांसद गीता गुरुङले भनिन्, ‘सप्तरीमा आर्थिक अभावका कारण अस्पताल बाहिर एक जना महिलाले बच्चा जन्माउनुपरेको घटनाले लज्जवोध भएको छ । सुरक्षित मातृत्वको जिम्मेवारी राज्यको हो कि होइन ? कि तपाईंहरू (रास्वपा)को शासनकालमा पैसा नहुनेले सडकमै बच्चा जन्माउनुपर्ने हो ?’