×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

जसपाका मधेश प्रदेश सांसद सरोज सिंह पक्राउ

जसपाका मधेश प्रदेश सांसद सरोज सिंह पक्राउ

काठमाडौं । जनता समाजवादी पार्टीका मधेश प्रदेशका सांसद सरोज सिंह कुशवाहा पक्राउ परेका छन् । उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौंको अनामनगरबाट पक्राउ गरेको हो ।

महोत्तरी क्षेत्र नम्बर–४ (ख) बाट प्रदेश सभामा निर्वाचित उनको घरमा अख्तियारले १२ जेठमा छापा पनि मारेको थियो । त्यसबेला उनका स्वकीय सचिव विनोदकुमार लाल कायस्थ समेत पक्राउ परेका थिए ।

घरबाट अनुसन्धान अधिकारीहरुले विभिन्न योजनाका कागजातहरु बरामद गरेका थिए भने मोबाइल समेत नियन्त्रणमा लिएर डिजिटल फरेन्सिक जाँचका लागि पठाइएको थियो ।

मधेश सरकारको योजना खरिद बिक्री गरेको आरोपमा उनीमाथि अख्तियारले अनुसन्धान गरिरहेको छ । उनी मधेश प्रदेश सरकारका पूर्वआन्तरिक मामिला तथा कानुन राज्यमन्त्री समेत हुन् ।
 

प्रतिकृया दिनुहोस्