×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

अर्थ/वाणिज्य

५५ अंकले घट्यो सेयर बजार

५५ अंकले घट्यो सेयर बजार

काठमाडौँ । सोमबार सेयर बजार परिसूचक नेप्से भारी अंकले घटेको छ । ५५ अंकले घटेको बजार परिसूचक २६४६ अंकमा झरेको छ । सेन्सेटिभ इन्डेक्स पनि २ प्रतिशतले घटेको छ । 

आज कारोबार रकम पनि घटेको छ । आइतबार ९ अर्ब ७२ करोडको कारोबार भएको नेप्सेमा आज ९ अर्ब ३७ करोडको कारोबार भएको छ । 

आज कारोबार भएकामध्ये १४ कम्पनीको मात्रै मूल्य बढेको छ । २२७ कम्पनीको मूल्य घटेको छ भने ३ कम्पनीको मूल्य स्थिर रह्यो । आज हाथवे इन्भेस्टमेन्ट कम्पनीको मूल्य ९ प्रतिशतले बढ्यो । उन्नति सहकार्य लघुवित्तको मूल्य भने सबैभन्दा धेरै ८ प्रतिशतले घटेको छ ।

कारोबार रकमका हिसाबले आइतबार सीईडीबी हाइड्रोपावर शीर्ष स्थानमा रह्यो । यसको ३७ करोड ५ लाखको सेयर खरिदबिक्री भयो । आज नेप्सेका सबै उपसमूहको सूचक घटेको छ ।  

प्रतिकृया दिनुहोस्