काठमाडौं । मंगलबार नेपाली बजारमा सुनचाँदीको मुल्य बढेको छ । आज छापावाला सुन तोलामा ४ सय रुपैयाँ बढेर प्रतितोला ३ लाख ११ हजार ३ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवासयी महासंघले जनाएको छ । हिजो सुन प्रतितोला तिन लाख १० हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदी तोलामा ५० रुपैयाँ बढेर प्रतितोला ५ हजार ४ सय ५ रुपैयाँमा कारोबार भैरहेको छ ।